हिजबुल चीफ सलाहुदीनसहित १८ जना आतंककारी घोषित

भारत सरकारले १८ जनालाई आतंककारी घोषित गरेको छ ।

यी सबै आतंककारी पाकिस्तानी बेस्ड र त्यहाँबाट चलेका आतंककारी संगठनसँग जोडिएको बताइएको छ ।

अनलोफुल एक्टिभिटिज प्रिभेन्सन एक्ट १९६७ कानूनका अनुसार भारतीय गृहमन्त्रालयले यो कारवाही गरेको हो ।

यी १८ जना आतंककारीमा हिजबुल मुजाहिदीनका चीफ सैयद सलाहुदीन समेत मुम्बई आतंककारी हमला, संसदमाथि हमला र कन्धार विमान हाइज्याकमा सहभागी आतंककारीको नाम सामेल छ ।

१८ आतंककारीमा साजिद मीर, यूसुफ मुजाम्मिल, अब्दुल रहमान मक्की, शाहिद महमूद, फरतुल्लाह रउफ असगर, इब्राहिम अतहर, यूसुफ अजहर, शाहिद लतीफ, सैयद मोहम्मद यूसुफ शाह उर्फ सैयद स लाहुदिन, गुलाम नबी खान, जफर हुसैन भट, रियाज इस्माइल शाह बान्दरी, मोहम्मद इकबाल, शेख शकील, मोहम्मद अनीस खान, इब्राहिम मेनन उर्फ टाइग र मेनन, जावेद चिकना छन् ।

१२ कात्तिक २०७७, बुधवार ११:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु