२० किलो लागु औषध चरेससहित धादिङबाट एक पक्राउ

लागुऔषध चरेस सहित धादिङको गजुरीबाट एक जना पक्राउ परेका छन् ।

धादिङको खनियावास गाउँपालिका वडा नम्बर २ तर्चिका ३७ वर्षीय रेसम बहादुर तामाङ २० केजी चरेस सहित पक्राउ परेका हुन् ।

प्रहरीले तामाङलाई मंगलवार गजुरी गाउँपालिका  ६ स्थित आदमघाटबाट पक्राउ गरेको जानकारी दिएको छ ।

आदमघाटमा लागुऔषधको कारोबार हुने गरेको बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले आरोपित तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई बुधवार पत्रकार सम्मेनल गरी प्रहरीले सार्वजनिक गरेको हो । तामाङको साथबाट २० केजी ८ सय ग्राम चरेस, एक थान मोवाइल पनि बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी नायब उपरीक्षक डिएसपी विश्व राज खड्काले जानकारी दिए ।

पक्राउ परेका तामाङलाई अदालतबाट म्याद लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

२१ असोज २०७७, बुधवार २०:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु