सबै तहका परीक्षा सञ्चालन गर्न सहमति दिने निर्णय

कोरोनाको महामारीका रोकिएका विभिन्न तहका परीक्षा सञ्चालनका लागि सरकारले सैद्धान्तिक सहमति दिएको छ।

बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै तहका परीक्षा सञ्चालनका लागि सहमति दिएको बताए।

मन्त्री ज्ञवालीले परीक्षा सञ्चालनका लागि सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड भने पूरा गर्नुपर्ने बताए।

‘नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहद्वारा जारी गरिएका, जनस्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्नेगरी परीक्षा सम्बन्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह विषय र प्रकृतिका परीषाहरु सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिन निर्णय भएको छ’, मन्त्री ज्ञवालीले भने।

त्यस्तै शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्यको नियुक्तिका लागि लोकसेवा आयोगको अध्यक्षतमा सिफारिस समिति गठन गर्ने निर्णय भएको बताए।

उनले राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्ति सम्बन्धी प्रक्रियालाई निरन्तरता दिने निर्णय भएको बताए।

२१ असोज २०७७, बुधवार २०:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु