पहुँचवालाका घरघरै पीसीआर
आफूहरू कोभिड–१९ संक्रमितको सम्पर्कमा रहेको भनेर बारम्बार जानकारी गराउँदा पनि पीसीआर परीक्षण नभएपछि बुधबार एउटा समूह टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्यो ।
समूहमा रहेकाहरूले सक्दो छिटो परीक्षण गरिदिन माग राखे ।
अस्पताल प्रशासनले भने उनीहरूलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० पठाइदियो । उनीहरूको कुरा सुनिसकेपछि ईडीसीडीका ल्याब टेक्निसियन डबल बीसीले भने, ‘कन्ट्याक्ट ट्रेसिङ स्थानीय तहले गर्छ, उतै जानुस् ।’
संक्रमितको सम्पर्कमा रहेकाहरूले पीसीआर परीक्षणको माग गरिरहेका बेला ईडीसीडीका कर्मचारी भने मन्त्री निवास पुल्चोकमा स्वाब संकलन गरिरहेका थिए ।
सर्वसाधारणको खासै पहुँच नहुने मन्त्री निवासमा त्यस दिन २ सय ३८ जनाको स्वाब संकलन गरिएको थियो । ‘जसको पीसीआर नगरी नहुने छ । उनीहरूलाई ध्यान दिइएन,’ काठमाडौं महानगरका एक कर्मचारीले भने, ‘पीसीआर गराउने राज्य संयन्त्र शक्तिमा रहेका व्यक्तिको पछिपछि दौडिरहेको छ ।’
राजधानीमा संक्रमित बढिरहँदा उनीहरूको सम्पर्कमा रहेकाहरू परीक्षणका लागि अस्पताल जाने क्रम पनि बढेको छ । टेकु अस्पतालमा पीसीआर गराउन दिनमा पाँच सयभन्दा बढी आउँछन् ।
सामाजिक दूरीसमेत कायम नगरी कोचिएर उनीहरू घन्टौं लाइनमा पालो कुर्छन् । यसबाट संक्रमण झनै फैलने जोखिम पनि हुन्छ । सर्वसाधारणले यस्तो सास्ती खेपिरहनु परेका बेला लक्षण नदेखिए पनि उच्च ओहोदा वा पहुँचवालाको भने घररकार्यालयमै पुगेर तत्काल परीक्षण गरिँदै आएको छ ।
३२ साउन २०७७, आइतवार ०७:०६ बजे प्रकाशित





