अध्ययनले भन्छ- मोटा मानिसमा कोरोनाको उच्च जोखिम
मोटोपनसँग कोरोनाको सम्बन्ध हुने स्वास्थ्यकर्मीहरुले बताउन थालेका छन्।
बेलायती वैज्ञानिकहरूले मोटोपन भएका व्यक्तिमा कोरोनाको उच्च जोखिम रहने भन्दै चेतावनीसमेत दिइसकेका छन्।
कोरोनाको सामना गर्नुपर्दा अत्यधिक तौल र मोटोपन भएकाहरु गम्भीर बिरामी पर्न सक्ने उनीहरुले बताएका छन्। उनीहरुमा मृत्युको सम्भावना पनि उच्च रहेको डाक्टरहरुले भनेका छन्।
अनुसन्धानले अत्यधिक तौल र मोटो व्यक्तिलाई कोरोना लागेमा मृत्यु हुने सम्भावना पनि बढी रहेको बताएको छ। शोधबारे बताउँदै एक जना भारतीय डा। कटर उमाका अनुसार मोटो व्यक्तिमा कोरोनाको जोखिम बढी हुने गरेका छन्।
यसअघि इन्फ्लुएन्जा महामारीमा परेर मृत्यु भएका धेरै मानिस मोटा रहेका उनले बताइन्। कसरी रोक्ने मोटोपन रु मोटोपन रोक्न र वजन घटाउन, पहिले चिनी प्रयोग गर्न रोक्नुपर्ने डाक्टरहरुको सल्लाह छ।
भारत रायपुरका डाइटिसियन डा। निन्डे पाण्डे भन्छन्, वजन र मोटापन कम गर्न कार्बोहाइड्रेट पेय पदार्थ पनि बन्द गर्नुपर्दछ। किनभने यसको प्रयोगले तौल बढाउँछ।
उनका अनुसार हरेकले रोटी पकाउनुअघि पिठो चाल्ने काम बन्द गर्नुपर्छ। उक्त मसिनो चाल्नोले चोकर निकाल्छ। उक्त चोकरमा फाइभर पाइन्छ। त्यो फाइभरले मोटोपन कम गर्न मद्दत गर्दछ। कम पानी पिउँदा पनि मोटोपन बढ्ने ती डाक्टरले बताए।
उनले भने, ‘हामीले खानेकुरामा सोडा, बेकिंग सोडा तुरुन्त प्रयोग बन्द गर्नुपर्छ। यसको सेवनले शरीरमा मोटोपन बढाउँछ। हामीले खाने भटमासको तेलले पनि तौल वृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ। यसले गर्दा खानामा विशेष खाल गर्नुपर्छ।’ –भाष्कर डटकमबाट
२४ साउन २०७७, शनिवार १६:२२ बजे प्रकाशित





