आइपीएलको मिति तय, सेप्टेम्बर १९ देखि सुरु, फाइनल नोभेम्बर १० मा
८ साउन, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलको मिति तय भएको छ । सेप्टेम्बर १९ देखि सुरु हुने र फाइनल नोभेम्बर १० हुने तय भएको हो ।
आइतबार बसेको आइपीएल गभर्निङ काउन्सिलको बैठकले भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न ग्रिन सिग्नल पाएको र सेप्टेम्बर १९ देखि युएईमा आइपीएल हुने तय भएको इन्डिया टिभीले जनाएको छ ।
फाइनल खेल नोभेम्बर १० मा हुने छ । बैठकमा काउन्सिलले प्रत्येक फ्रेन्चाइजको लागि २४ जना खेलाडी राख्न पाउने प्रावधान राखेको छ । यस्तै कोभिड१९ को रिप्लेसमेन्ट राख्न पाउने नियम पनि स्वीकृत गरेको छ । लिगमा १० दिन दुई(दुई खेल हुनेछ । बेलुकाको खेल साढे ७ बजे सुरु हुनेछ ।
१८ साउन २०७७, आइतवार २१:३७ बजे प्रकाशित





