स्वास्थ्यमन्त्री ढकालको चेतावनी- राजधानीमा कुनै पनि बेला कोरोना भयावह हुन सक्छ

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अहिले देखिएको कोरोना संक्रमणको वृद्धिदर अझै बढ्दै गए काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह हुन सक्ने बताएका छन् ।

मन्त्री ढकालले यस्तो स्थिति आउन सक्ने भएकाले सबैमा सचेत रहन आग्रह पनि गरेका छन् । उनले भने, काठमाडौं उपत्यकामा संक्रमण फैलिएमा सरकार नयाँ रणनीतिअनुसार नियन्त्रणको तयारीमा छ ।’

त्यसको लागि उनले बाहिरी जिल्लाबाट उपत्यका भित्रिने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जाने लगायतका विषयलाई अगाडि बढाइने उनले बताए ।

दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा सरकारसँग रहेको मन्त्री ढकालको दावी रहेको छ । सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमताको विकास गरेको मन्त्री ढकालले बताए । मन्त्री ढकालले सरकारले दैनिक १८ हजार जनासम्मको परीक्षण गर्न आवश्यक सबै सामग्रीलाई तयारी अवस्थामा रोखेको बताए ।

परीक्षण नगरेको कारणले अथवा परीक्षण कम गरेको कारणले रिपोर्ट कम भयो भन्ने आरोपको खण्डन गर्दै उनले भने, यो मेरो दावी होइन । तर हामीले जे क्राइटेरिया बनाएका छौं अहिलेसम्म त्यसका आधारमा हामीले गरेका छौं ।’

१८ साउन २०७७, आइतवार २२:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु