कविता : आमा
नौ महिना कोखमा राखी जन्म दियौ आमा
आफ्नो सुख तोडि खुशी दियौ आमा
आफु भोकै बसी सन्तानलाई टन्न अघायौ आमा
सन्तानलाई केहि चोट लाग्दा डाको छोडि रोयौ आमा
गरेको गल्ती सबै सन्तानलाई माफी गरिदियौ आमा
जति ठूली भएपनि बच्चैछे भन्दै माया गरिदियौ आमा
आफुले कष्ठ गरी सन्तानलाई शिक्षा दियौ आमा
राम्रो काम सन्तानले गर्दा खुशीको आँसु वर्षायौ आमा
जस्तोसुकै काम गर्दा प्रेरणाकी स्रोत बनिदियौ आमा
देशको लागि सङघर्ष गर भनि आलोचना दियौ आमा ।
५ साउन २०७७, सोमवार ०४:५९ बजे प्रकाशित













