कोरोना उपचार कोषमा सन्दीपले दिए एक लाख

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक लाख रुपैयाँ योगदान गर्ने भएका छन् ।

कोरोना भाइरस रोकथामका लागि सरकारले हालै मात्र यो केन्द्रीय कोष बनाएको हो ।

सन्दीपले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत कोषमा एक लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् । उनले विपतको घडीमा सहयोग तथा माया चाहिएकाहरुलाई नभुल्न र आफू पनि सुरक्षित रहन सबैलाई अपील गरेका छन् ।

६ वैशाख २०७७, शनिवार ००:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु