बाटोमा अलपत्र परेकालाई सुरक्षित स्थानमा पुर्‍याऊ : सर्वोच्च

लकडाउनको समयमा पैदलै आफ्नो घर जाने क्रममा बाटोमा अलपत्र परेकाहरूलाई सुरक्षित रूपमा उनीहरूको घरसम्म पुर्‍याउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र सपना मल्ल प्रधानको इजलासले शुक्रबार सरकारका नाममा बाटोमा अलपत्र परेकालाई सुरक्षित रूपमा उनीहरूको घरसम्म पुर्‍याउन आदेश दिएको हो ।

सरकारले कोरोना संक्रमण फैलन नदिन गरेको लकडाउनका कारण कामविहीन बनेकाहरू खान नपाउने अवस्था आएको भन्दै पैदलै आ–आफ्नो घर गइरहेका छन् । त्यसरी जानेहरू बाटोमै अलपत्र बनेको भन्दै वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र प्रकाशमणि शर्माले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसैगरी सर्वोच्चले निम्न आय भएका मजदुर, विद्यार्थीलगायतलाई उचित राहतको व्यवस्था गर्न पनि आदेश दिएको छ । त्यस्तै गाउँमा पुगेकाहरूलाई कृषि उत्पादनमा सहयोग पुर्‍याउन र हाल भइरहेको कोरोना परीक्षणलाई अझ तीव्र बनाउन पनि सर्वोच्चले आदेश दिएको छ ।

६ वैशाख २०७७, शनिवार ००:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु