आज पूर्वी र पश्चिमी पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा देशको पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

महाशाखाका अनुसार अहिले नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन । भने देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली भएको छ ।

यसैगरी आज दिनभर देशका पुर्वी र मध्य पहाडी भू–भागमा अपरान्हपछि आंशिकदेखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। साथै, अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

राति भने देशका पहाडी भू९भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भाग सामान्यतया सफा रहने छ।

२३ माघ २०७६, बिहीवार ०२:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु