विजय गच्छदारको सपोर्टमा कांग्रेसले सडक र सदन चर्काउने !

विजयकुमार गच्छदारको सपोर्टमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडक र सदन दुवै चर्काउने भएको भन्दै सामाजिक सञ्जालमा ब्यङ्य सुरु भएको छ । तर, कांग्रेसले यस्तो निर्णय भने गरिसकेको छैन् ।

बिहिबार भने कांग्रेसले ललित निवास जग्गा प्रकरणमा आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको छ ।

नेपाली कांग्रेसले बिहिबार केन्द्रीय कार्यालय सानेपा ललितपुरमा पत्रकार सम्मेलन पनि गर्यो । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले वालुवाटार जग्गा प्रकरणमा आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्वा चलाएको आरोप लगाए ।

प्रवक्ता शर्माकाअनुसार गच्छदारलाई लागेको आरोपका विषयमा शीर्ष नेताहरु, वर्तमान र पूर्व पदाधीकारीहरु, कानुन विद एवं राजनीतिज्ञ सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भेला भएर समिक्षा गरे ।
गच्छदारको बचाउ गर्दै कांग्रेसले बिहिबार प्रतिनिधि सभाको बैठक अवरोध पनि गर्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्वा दायर गरे लगत्तै बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता शर्मा लगायतका नेताहरुले सामाजिक सञ्जालमार्फत विरोध गरे ।

तर, यो विषयलाई कसरी अगाडि बढाउने वा बढ्ने भन्ने विषयमा कांग्रेस अझै प्रष्ट भएको छैन् ।

नेपाली कांग्रेसले यहि विषयलाई केन्द्रीत गरेर शुक्रबार बिहान संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार बिहान १० बजे संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने संसदीय दलको बैठकले आगामी रणनीति तय गर्ने सचेतक पुष्पा भुसाल बताउँछिन् ।

यो पनि पढ्नुहोस्

बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको गच्छदारको जिकिर

बिजय गच्छदारविरुद्धको मुद्वा फिर्ता लिन काँग्रेसको माग

२३ माघ २०७६, बिहीवार १३:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु