‘खुकुरीले ताक्नु पर्छ ‘

दार्जलिङ र शिख कुन पापीले बेचि दियो,
लिपुलेक र कालापानी भारतले मिचि दियो ।

नवरपुर र सुस्ता पनि छिमेकीको तारो भाछ,
सार्वभौम नागरिक हामी राष्ट्रभक्ति छारो भाछ ।

छिमेकीले सिमा मिच्यो हातेमालो गर्दै उठौं
खोसिएको भूमी फिर्ता लिन एक भइ जुटौं ।

हजारौं पटक भए पनि नेपालको सिमा धाउनु पर्छ
लिपुलेक कालापानि हाम्रो हो, फिर्ता ल्याउनु पर्छ ।

निउ खोज्न आए खुकुरीले ताक्नु पर्छ
पुर्खाको रगत हो नेपाल बचाएर राख्नु पर्छ ।


कविता : देश बचाउनु छ नबिग्र ए साथी

२६ पुस २०७६, शनिवार १५:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु