एजेन्डा तय गर्न छुट्टै समिति बनाउने प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभा बैठकलाई व्यवस्थित बनाउने गरी एजेन्डा तय गर्न छुट्टै समिति बनाउने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको शुक्रबार बसेको पहिलो बैठकमा प्रतिनिधिसभा बैठकलाई व्यवस्थित बनाउने गरी एजेन्डा तय गर्न छुट्टै समिति बनाउने प्रस्ताव पेश गरिएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको समितिको बैठकले शुन्य समय र विशेष समयलाई व्यवस्थित बनाउने विषयमा पनि छलफल गरिएको समितिका सदस्य दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।

शून्य समय एक मिनेट पर्याप्त नभएको सांसदहरुले गुनासो गरिरहेका बेला प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले त्यसको समय थप गर्नेगरी छलफल अघि बढाएको हो । समितिका सदस्य बडुले विशेष समयमा विशेष कुरा मात्रै राख्न पाउने व्यवस्था पनि गर्न लागिएको जानकारी दिए ।

२२ असार २०७५, शुक्रवार १४:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु