१६ लाखमा बिक्यो अमिताभको निलो हात्ती

काठमाडौं । बलिउडका महानायक अमिताभ बच्चनको निलो हात्ती १६ लाख रुपैयाँमा बिक्री भएको छ । शनिबार राति बोलकबोलमा उक्त हात्ती १६ लाख रुपैयाँमा बिक्री भएको हो ।

मुम्बईमा एक महिनासम्म चलेको हात्ती मुर्ति परेडको लिलामीमा विभिन्न किसिमका हात्तीका मुर्ति राखिएका थिए ।

विलुप्त हुँदै गएका हात्तीको सरंक्षणका लागि गठित एलिफेन्ट फेमिलीले १०१ हात्ती राखेर त्यसमा एउटा अमिताभ बच्चनको पनि राख्ने निर्णय गरेका थिए ।

हात्ती जसको उसले आफ्नो रंग चुन्न पाइने थियो । अमिताभले निलो चुने । यो हात्तीलाई त्यसपछि विशेष रुपले सजाइएको थियो ।

हात्तीको शरीरमा अमिताभका बाबु हरिवंश राय वच्चनको बच्चाहरुका लागि लेखिएको कविता पनि लेखिएका थियो ।

१९ चैत २०७४, सोमवार १५:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु