प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा राजेश हमाल पनि

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा कलाकारको पनि प्रतिनिधित्व हुने भएको छ । अहिलेसम्म राजेश हमाल र दिनेश डीसीको नाम तय भइसकेको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले भारतमा बलिउडका चलचित्रकर्मीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । सोही भेटघाटलाई ध्यानमा राखेर चलचित्रकर्मीहरु समावेश गरिएको हो ।

नायक राजेश हमाल पछिल्लो समय प्रधानमन्त्री ओलीप्रति सद्भाव राख्छन् । सार्वजनिक कार्यक्रममा कमै देखिने गरेका उनी शनिबार प्रधानमन्त्रीले कलाकारहरुका लागि आयोजना गरेको दिवाभोजमा सहभागी भएका थिए ।

१९ चैत २०७४, सोमवार १५:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु