आर्सनल स्टोक सिटीसँग तीन शून्यले विजयी

चैत १९ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले स्टोक सिटीलाई ३–० ले पराजित गरेको छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलको जितमा पिया एमीरिक ओबायाङले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा १४ मिनेट भित्र आर्सनलले तीन गोल गर्यो ।

७५ औं मिनेटमा एमीरिकले पहिलो गोल गर्दा ८६ औं मिनेटमा व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे । त्यसको तीन मिनेटपछि आर्सनलले पेनाल्टी पायो । जसलाई एलेजान्द्रे लाकाजेटीले गोल गर्दै टिमलाई ३–० को जित दिलाए ।

जितपछि आर्सनलले ३१ खेलबाट ५१ अंक बनाउँदै शीर्ष चारमा पुग्ने मौका जिवितै राखेको छ ।

१९ चैत २०७४, सोमवार ०३:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु