स्थानीय तहको निर्वाचन कुनै हालतमा रोकिंदैनः देउवा
चैत ७, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन् । सोमबार भक्तपुरको लोकन्थलीमा भएको नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौँ पुण्य स्मृति दिवस कार्यक्रममा उनले निर्वाचन हुन्न कि भन्ने शङ्का नगर्न कार्यकर्ताहरूलाई आग्रह गरे ।
चुनाव नभए संवैधानिक सङ्कट आउने र यसले प्रजातन्त्र खतरामा पर्ने औँल्याउँदै सभापति देउवाले भने, “चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ, हुन्छ, हुन्छ, यसमा शङ्का नगर्नुस्, चुनाव नभए संवैधानिक सङ्कट आउँछ, प्रजातन्त्र खतरामा पर्छ ।” उनलले चुनावमा जानुको अब विकल्प छैन्, चुनाव नभए प्रजातन्त्र नै नरहने सङ्केत गर्दै चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिए ।
७ चैत २०७३, सोमवार १३:५८ बजे प्रकाशित






