राप्रपाका नेताकार्यकर्ता र प्रहरीबीच झडप

चैत ७, काठमाडौँ । निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने आयोगको निर्णयको विरोध गर्दै राप्रपाका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए । शान्ति बाटिकामा जम्मा भएका राप्रपाका नेता कार्यकर्ता कान्तिपथतर्फ अघि बढेपछि आयोगको मुल गेटबाट करिव ५० मिटर अगाडि नै प्रहरीले रोकेको थियो ।

त्यहाँ राप्रपाका नेताहरुले सम्बोधन गर्ने र आयोगमा ज्ञापनपत्र बुझाउने योजना थियो । तर, भीड प्रहरीलाई धकेन्दै अघि बढेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको छ भने प्रदर्शनकारीले सुरक्षाकर्मीतर्फ ढुंगा हानेका थिए । त्यसक्रममा प्रहरीको लाठीबाट राप्रपाका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री पशुपति शम्शेर राणासहितका नेता कार्यकर्ता घाइते भएका छन् । झडपपछि उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष कमल थापा आफैं धर्ना बसेर ज्ञापन पत्र बुझाएका छन् ।

७ चैत २०७३, सोमवार १४:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु