मंगलबार १३.७२ अंकले घट्यो नेप्से
काठमाडौँ, १७ फागुन । सातामा कारोबार भएको दोस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १३.७२ अंकले घटेर १२९९.२९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सिटिभ इन्डेक्स पनि ३.१७ विन्दुले घटेर २८१.८५ विन्दुमा पुग्यो । मंगलबार जलविद्युत बाहेक कारोबार भएका सबै समूहका परिसूचकहरु घटेका हुन । सबै भन्दा बढी बीमा समूह ११४.०७ अंकले घट्यो । मंगलबार समग्र नेप्सेमा ५४,४५,५६,४८६ रुपैंयाँ बराबरको सेयर कारोबार भएको छ ।
१७ फागुन २०७३, मंगलवार १२:३३ बजे प्रकाशित













