रवीन्द्र मिश्र बीबीसी छोडेर राजनीतिमा
काठमाडौँ, १७ फागुन । चर्चित संचारकर्मी रवीन्द्र मिश्रले बीबीसि नेपाली सेवाबाट राजीनामा दिएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आफु राजनीतिमा होमिने बताएका छन् ।
नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव नभएको उनले बताएका छन् ।
१७ फागुन २०७३, मंगलवार १२:३७ बजे प्रकाशित














