कैलालीमा टेलिकमको एडीएसएल इन्टरनेटको गुणस्तर खस्कदै

कैलाली, १७ फागुन । कैलालीमा नेपाल टेलिकमको एडीएसएल इन्टरनेट सेवाको गुणस्तर खस्कदै गएको छ । टेलिकमले आफ्नो सेवा सस्तो र सर्वसुलभ रहेको दावी गर्दै आए पनि एडीएसएल इन्टरनेट सेवामा सुधार हुन नसकेको उपभोक्ताको गुनासो छ । उनीहरुका अनुसार एडीएसएल इन्टरनेट सेवा साह्रै सुस्त भएको तथा अधिकांश समय इन्टरनेट नै नचल्ने समस्याले विभिन्न काममा बाधा पुगेको छ । टेलिकमले प्रचार गरे अनुसार इन्टरनेट सेवा भरपर्दो बन्न नसकेको धनगढी स्थित तारानगरका व्यवसायी कमल बमले बताए । महसुल ठूलो क्षमताको लिने तर सेवा कम दिएर टेलिकमले ग्राहक ठग्ने काम गरिरहेको कतिपय उपभोक्ताको आरोप छ । कैलालीमा एडीएसएल इन्टरनेट सेवा सुरु भएको ६/७ वर्ष भएको छ । हालसम्म यो जिल्लामा पाँच हजार १३६ जना एडीएसएल सेवाग्राही पुगेका छन् । सुरुमा सेवाग्राही कम तथा उपकरणहरु नयाँ हुँदा इन्टरनेट राम्रै चलेता पनि अहिले भने गुणस्तर खस्केको सेवाग्राहीले जनाएका छन् ।
कैलाली बाट पत्रकार लोकेश धामीको सहयोगमा

१७ फागुन २०७३, मंगलवार १२:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु