जुम्लामा सयौं वर्ष पुराना मानव कंकाल भेटिए

जुम्ला, १७ फागुन । जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका वडा नम्बर ५ भार्तिबाडामा सयौं वर्ष पुराना मानव कंकाल भेटिएका छन् । शौचालयको खाल्डो बनाउने क्रममा सो मानव कंकाल भेटिएको हो । एउटै स्थानामा ३ वटा मानव कंकाल भेटिएको स्थानिय शिवलाल डाँगीले बताए । उनले अनुसार धेरै वर्ष पहिला देखि उक्त स्थानमा वस्ती बस्दै आएको हुनाले कति वर्ष पुराना मानव कंकाल हुन भनेर भन्न नसकिने बताईएको छ । घर बनाउँदा र शौचालय बनाउँदा समेत पहिला पनि मानव कंकाल भेटिने गरेको उनको भनाई छ । झण्डै ९ फिट गहिरो खन्दा मानव कंकाल फेला परेको हो । मानव कंकाल भेटिएको स्थानको ढुङ्गा समेत कुहिएको हनाले सयौं वर्ष पुरानो मानव कंकाल भएको हुन सक्ने अर्का स्थानिय बासिन्दा दत्त बहादुर शाहीले बताए । धेरै वर्ष पहिला जुम्ला सदरमुकाम नै चिहान घाट भएको हुन सक्ने भन्दै मानव कंकाल भेटिने गरेको उनले बताए । उक्त स्थानमा झण्डै ५ सय वर्ष भन्दा पहिला देखि मानव बस्ती बस्दै आएको हुनाले मानव कंकाल त्यो भन्दा पुरानो हुन सक्ने शाहीले बताएका छन् ।
जुम्ला बाट पत्रकार कृष्णमाया उपाध्यायको सहयोगमा

१७ फागुन २०७३, मंगलवार १२:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु