वर्तमान सरकार रहेसम्म निर्वाचन हुन सक्दैनः बिजुक्छे

काठमाडौँ, १६ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । रफत सञ्चार क्लबमा सोमबार भएको साक्षात्कार कार्यक्रममा अध्यक्ष बिजुक्छेले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरे पनि वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने दाबी गरे । उनले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउँदै सेना परिचालन गरेर भएपनि स्थानीय निकायको निर्वाचन भने गर्नुपर्नेमा जोड दिए । स्थायिन तहको निर्वाचन नहोस् भन्ने खेलमा बिदेशी चलखेल भएको भन्दै खण्ड खण्डमा भए पनि निर्वाचन गरिनु पर्नेमा उनको सुझाव छ । अध्यक्ष बिजुक्छेंले मधेशी मोर्चाले निर्वाचनको विरोध गर्दैमा निर्वाचन प्रभावित नहुने भन्दै मोर्चाको माग तराईका जनताको माग नभएको पनि बताए ।

१६ फागुन २०७३, सोमवार १३:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु