नेपाल भाषाका हास्यकलाकार नकर्मीको निधन
भक्तपुर, १६ फागुन । नेपाल भाषाका वरिष्ठ साहित्यकार एवं हास्य कलाकार रामशेखर नकर्मीको सोमबार बिहान निधन भएको छ । भक्तपुर क्यान्सर अस्पतालमा नाकको क्यान्सरको उपचारको क्रममा सोमबार विहान निधन भएको हो । जनताको भाषाका साहित्यकारको रुपमा परिचित स्व. नकर्मीले नसंफपागुचा, सिमा फफस्व, झोक मनिम्हा, तन्त्र ट्याब्लेट, न्हिसुतु, लगायत धेरै कृति तथा नेपाल भाषाका हस्य,व्यग्यात्मक नाटक, कथा, कविता र चलचित्रहरु एवं प्रहषणहरु प्रकासन तथा प्रशारण भएका छन् । २०७२ सालको विनासकारी भूकम्पपछि भक्तपुर नगरपालिका वडा नं. ६ स्थित स्व. नकर्मीको घर पनि भत्किएपछि खान बस्नको समस्याले रोगग्रष्ट हुनुभएको थियो । सिद्धिस्मृति वृद्धाश्रममा बस्दै आउनु भएका नकर्मि क्यान्सरको अन्तिम चरणमा पुगेपछि केही हप्ता अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गर्दै आएका थिए ।
१६ फागुन २०७३, सोमवार १३:०३ बजे प्रकाशित













