बुधबार बस्ने संसद् वैठकमा संविधान संसोधन प्रक्रिया अघि बढाईंने

काठमाडौँ, ११ फागुन । सरकारले बुधबार (आज) संविधान संसोधन प्रक्रिया अघि बढाउँदै छ । मंगलबारको सर्वदलीय बैठकमा संविधान संशोधन विधेयक अघि बढाउनेमा सहमति नजुटेपछि सरकारले असहमतिकै बीच प्रक्रिया अघि बढाउन लागेको हो । सरकारले स्थानीय निर्वाचनको मिति घोषणाप्रति असन्तुष्ट मधेसी दलहरूको चित्त बुझाउन संशोधन विधेयकलाई अघि बढाउने तयारी गरेको हो । तर, सोझै संविधान संविधान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा राख्दा प्रतिपक्षी गठबन्धनले विधेयक पेस गर्दाजस्तै अवरोध गर्न सक्ने स्थिति आउन नदिन सभामुख ओनसरी घर्तीले मंगलबारको संसद् बैठक सूचनाद्वारा बुधबार दिउँसो २ बजे सम्मका लागि स्थगित गरेको थियो ।

११ फागुन २०७३, बुधवार ०४:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु