संविधान संशोधन विधेयक बारे एमालेले निर्णय गर्दै

काठमाडौँ, ११ फागुन । सरकारले संसदमा पेस गरेको संविधान संशोधन विधेयक अगाडि बढाउन दिने–नदिनेबारे प्रमूख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार (आज) निर्णय गर्ने भएको छ । त्यसबारे छलफल गर्न एमाले संसदिय दलको बैठक विहान ११ बजे बस्दैछ । मंगलबारको सर्वदलिय बैठक पछि एमाले संविधान संसोधन प्रसावलाई अघि बढाउन दिन मनस्थितिमा देखिएको एक नेताले बताएका छन् । साथै बैठकमा स्थानीय तहको निर्वाचन र अन्य समसामयिक राजनितिक विषयमा पनि छलफल हुने बताइएको छ । सरकारले स्थानीय तह निर्वाचनको घोषणा गरेपछि देखिएको राजनितिक परिवर्तनले एमालेलाई लचिलो बनाएको सरकारको विश्वास छ । संशोधनप्रति असहमति जनाउँदै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । यसैबीच बुधबार दिउँसो नै विपक्षी नौ दलको बैठक पनि बोलाइएको छ । संशोधनप्रति असहमति जनाउँदै आएका दलहरुको बैठकले संविधान संसोधन प्रक्रिया र स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्ने बताईएको छ ।

११ फागुन २०७३, बुधवार ०४:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु