पेस्तोल देखाएर लुटपाट

भक्तपुर, १० फागुन । पाँचजनाको समूहमा घरभित्र पसेका लुटेराको समूहले भक्तपुर नगरपालिका–२ लिवालीस्थित राजकुमार लाखेमरुको घरबाट रु आठ लाख ७५ हजार ६६० लुटेर लगेका छन् ।

गएराति दुईवटा मोटरसाइकलमा आएका नकावधारी पाँचजनाको समूहले भैरब इँटाभट्टाका सञ्चालक लाखेमरुको परिवारलाई पेस्तोल देखाएर उक्त रकम लुटेर लगेको पीडित लाखेमरुले बताउनुभयो ।

उहाँले इँटाभट्टामा बुझाउन दराज र कपडामा राखेको उक्त रकम, दुईवटा मोबाइल, इँटाभट्टामा प्रयोग गरिने एउटा वाकीटकी लुटेर लगेको बताउनुभयो । रासस

१० फागुन २०७३, मंगलवार १३:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु