लुम्बिनीका तीन सांसद पदमुक्त
Newly set up Office of Chief Minister and Council of Ministers, in Butwal, on Friday, February 2, 2018. Photo: THT
१५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको निर्णय विपरीत सरकारमा सामेल भएको भन्दै लुम्बिनीका तीन प्रदेश सांसदलाई कारवाही गरेको छ ।
कारवाहीमा पर्नेमा सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे रहेका छन् । प्रदेश सभा सचिवालयले उनीहरू सांसदबाट पदमुक्त भएको सूचना जारी गरेको छ ।
यसअघि पनि पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै सुमन शर्मा रायमाझीसहित चार सांसदलाई कारबाही गरेको थियो ।
तर, वैशाख १४ गते सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै प्रदेश सभा सदस्यमा यथास्थितिमा राख्ने फैसला गरेको थियो ।
सांसद रायमाझीले भने आत्मालोचना गरेकाले कारवाही नगरिएको जसपाको भनाइ छ ।
१५ साउन २०७८, शुक्रवार १६:२० बजे प्रकाशित





