सुनको मूल्य तोलामा ५०० ले बढ्यो
१५ साउन, काठमाडौं। आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ कायम भएको छ।
यस्तै आज तेजाबी सुनको मूल्य ९२ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।
यसैगरी आज तोलामा १५ रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला एक हजार २८५ रुपैयाँ तोकिएको छ।
१५ साउन २०७८, शुक्रवार ११:०६ बजे प्रकाशित





