राष्ट्रपति भण्डारीविरुद्धका रिट दर्ता गर्न सर्वोच्च अदालतद्धारा इन्कार

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वैकल्पिक सरकार गठनका लागि गरेको आह्वान गैर संवैधानिक भन्दै परेका कुनै पनि रिट सर्वोच्च अदालतमा शुक्रवार दर्ता भएनन् ।

राष्ट्रपतिविरुद्ध विभिन्न व्यक्तिले लगेका १३ वटा रिट अध्ययनकै क्रममा रहेकाले दर्ता नभएका हुन् ।

राष्ट्रपतिले दिएको समय आजै साँझ सकिने भएकाले अब रिटको औचित्य सकिएको सर्वोच्च स्रोतले जनाएको छ ।

७ जेठ २०७८, शुक्रवार १७:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु