शीतलनिवासबाट बाबुरामको ट्वीट– देउवालाई प्रधानमन्त्री नबनाउन जालझेल गरे राष्ट्रपतिलाई महाअभियोग
काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि गरिएको प्रस्ताव टार्ने कुनै ठाउँ नभएको जिकिर गरेका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउन दाबीका लागि शीतलनिवास पुगेका भट्टराईले पुनः जालझेल गर्ने प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी र प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।
“धारा ७६ (२)वमोजिम १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्ति निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तुरजालझेल गरी टार्ने ठाउँ छैन।
खुराफात शीरोमणिहरूले पुनःजालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारीरप्रतिवाद गर्नुपर्छ,” उनले भनेका छन् ।
१४९ सांसदको हस्तारसहित विपक्षी दल र नेकपा एमालेका नेता माधवकुमार नेपाल शीतलनिवासमा छन् ।
७ जेठ २०७८, शुक्रवार १७:४४ बजे प्रकाशित





