देउवालाई तत्काल प्रधानमन्त्री बनाउन राष्ट्रपतिद्धारा इन्कार, भनिन्– म हेर्छु

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १४९ जना सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । एमाले नेता माधव कुमार नेपाल समेतका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी दर्ता गराएका हुन् ।

राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञहरुसित सल्लाह गरेपछि निर्णय लिने बताएको शीतलनिवास पुगेका एक नेताले  जानकारी दिए ।

ओलीको दाबी कमजोर

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूसँग एमालेका १२१ सहित १५३ सांसदको साथ रहेको बताउँदै प्रधानमन्त्रीमा पुनः दाबी गरेका छन् ।

तर, प्रधानमन्त्री ओलीको पक्षमा रहेका भनिएका जसपाका नेताहरुले भने राष्ट्रपतिले आह्वान गरेको ढाँचामा एकमुष्ट हस्ताक्षर नगरी पार्टीको लेटरप्याडमा पत्रमात्र शीतल निवासमा दर्ता गरेको शीतलनिवास स्रोतले बतायो ।

प्रक्रियाको हिसाबले धारा ७६ (५) को सरकार गठनका देउवाको दाबी बलियो देखिएको कानूनका जानकारहरु बताउँछन् ।

७ जेठ २०७८, शुक्रवार १७:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु