यी हुन देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने माधव नेपाल पक्षका २७ सांसदहरु
काठमाडौं । राष्ट्रपतिले नयाँ सरकार बनाउन आह्वान गरेको समयभित्रै विपक्षी दलले बहुमत सदस्यको दावी पेश गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउन लागिएको नेताहरूले बताएका छन् ।
विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्नेहरुमा एमालेको माधव नेपाल पक्षका सांसद पनि छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपाल पक्षका २७ सांसदको हस्ताक्षर रहेको बताए ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा नेपाल पक्षका २८ सांसद अनुपस्थित भएका थिए ।
७ जेठ २०७८, शुक्रवार १७:०३ बजे प्रकाशित













