सामुहिक राजिनामा दिदै छौ : रामकुमारी झाक्री

बैठकमा सामूहिक राजीनामाको विकल्पमा छलफल भइरहेको एमाले सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् । खनाल-नेपाल पक्षले यसअघि पटक-पटक राजीनामा दिने तयारी गरेपनि रोकिँदै आएको थियो ।

नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका सांसदहरूले आजै सामूहिक राजीनामा दिने विषयमा छलफल शुरू गरेका छन् ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा भइरहेको छलफलमा मुलुकलाई वैकल्पिक सरकार दिन सामूहिक राजीनामा दिने विकल्पमा छलफल भइरहेको हो ।

खनाल-नेपाल पक्षका कम्तिमा २० सांसदले राजीनामा दिएको खण्डमा कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्षको समर्थनमा सरकार बन्न सक्छ ।

“राजीनामा बारे छलफल चलिरहेको छ । केही नेताहरु आउदै छन । एकैछिनमा के गर्ने फाइनल आउँछ ” उनले भनेकी छन् ।

७ जेठ २०७८, शुक्रवार १४:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु