जसपाका अध्यक्ष डा. भट्टराईले गरे तत्काल वैकल्पिक सरकार दिन आह्वान

७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल वैकल्पिक सरकार दिन आह्वान गरेका छन् ।

‘लौरो उभ्याएर भए पनि ७६ (५)को वैकल्पिक सरकार दिउँ !आजै गरौं, अहिल्यै गरौं !’ डा. भट्टराईले ट्वीट गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आज साँझ पाँच बजेसम्मको समयसीमा दिएपछि पूर्वप्रधानमन्त्री भट्टराईले यो धारणा सार्वजनिक गरेका हुन् ।

डा. भट्टराईले संसद, संविधान र लोकतन्त्रको रक्षा गर्ने प्रश्न अहंम भएको भन्दै जे गर्दा रक्षा हुन्छ त्यही गर्नुपर्ने धारणा राखेका छन् । उनले सबैले आवश्यक त्याग र बलिदान गर्दै लौरो उभ्याएर भएपनि संविधानको धारा ७६ (५) अनुसारको वैकल्पिक सरकार दिनुपर्ने बताए ।

संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो भन्दै भट्टराईले जे गरेर रक्षा हुन्छ त्यही गर्न भनेका छन् । संविधान /लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने उनको चिन्ता छ ।

७ जेठ २०७८, शुक्रवार ०९:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु