गण्डकीमा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त, लिए शपथ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् ।

प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गरेकी हुन् ।

गत २६ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार दाबी गर्न समय दिएकी थिइन् । ३ दिनको समयसिमा आज दिउसो ४ बजे सकिएको हो ।

नेपालको संविधानको १६८ ९२० अनुसार ३ दिनभित्र बहुमत दाबी गर्न पौडेलले दिएको समयसिमाभित्र दावी पेश गरेका नेपालीले ३१ सांसदको हस्ताक्षर बुझाउन नसकेपछि संविधानको १६८ ९३० अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री बनेका गुरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनले आज शपथ लिएसँगै अब १ महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

२९ वैशाख २०७८, बुधवार १८:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु