दोस्रो घण्टामा २८.३९ अंकले बढ्यो नेप्से

कारोबारको तेस्रो दिन मंगलवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक २८.३९ अंकले बढेर २६६४.२३ को विन्दुमा पुगेको छ ।

दोस्रो घण्टाको अवधिमा २११ ओटा कम्पनीको रू. २ अर्ब ३९ करोड ६८ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४५ करोड ५१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रु. १ हजार ५७० मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव शून्य ४ प्रतिशतले घटेको भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ ।

कारोबारको दोस्रो घण्टामा बोटलर्स नेपाल तराइको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. १० हजार ६५ पुगेको छ ।

त्यस्तै, रु रु जलविद्युत् परियोजनाको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ६६२ कायम भएको छ ।

२८ वैशाख २०७८, मंगलवार १४:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु