टेकु अस्पतालद्वारा पीसीआर परिक्षण स्थगित

पीसीआर परीक्षण गर्ने कीट्स सकिएपछि टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले परिक्षण स्थगित गरेको छ।

परीक्षणका लागि आवश्यक परीक्षण सामग्री आउन नसकेपछि केही दिनका लागी पीसीआर स्थगित गर्नु परेको अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले जानकारी दिए ।

उनले अस्पतालमा मौज्जात किट्स सकिएको र आवश्यक परिमाणमा किट्स उपलब्ध हुन नसकेकाले आगामी आइतबार सम्मको लागी परीक्षण बन्द गरिएको बताए ।

टेकु अस्पतालमा दैनिक पाँच सय बढी व्यक्तिको पिसिआर परीक्षण हुँदै आएको छ।

२८ वैशाख २०७८, मंगलवार १३:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु