वालुवाटारमा ओली पाक्षीय नेताहरुको डिनरसहितको छलफल
प्रधानमन्त्री निवास वालुवाटारमा ओली पक्षमा नेताहरु छलफलमा जुटेका छन् ।
उनीहरु डिनरसहितको छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीले आजै संसदबाट विश्वास गुमाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट समेत बहुमतको सरकार गठनको आह्वान भएको छ ।
नयाँ परिस्थितिका विषयमा छलफल गर्न ओली पक्षका नेताहरु डिनर सहितको छलफलमा जुटेका हुन् । ओली पक्षका नेताहरुले माधव नेपाल पक्षलाई फकाउने प्रयास गरिरहेको छ ।
माधव नेपाल पक्षले साथ दिएको खण्डमा विपक्षी दलहरुको बहुमत नपुग्ने र ठूलो दलको हैसियतमा पुनः एमाले नेतृत्वकै सरकारले निरन्तरता पाउने नेताहरुले बताउँदै आएका छन् ।
तर, माधव नेपाल पक्षले ओली एकलौटी रुपमा हिडेको आरोप लगाउँदै आएको छ र एमाले एकताका लागि २ जेठ २०७५ मा पार्टी संगठन फर्किनुपर्ने बताउँदै आएको छ ।
३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएको थियो । तर, गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकता भंग गरिदियो ।
त्यसपछि ओलीले एक पक्षीय रुपमा पार्टी संरचना बनाएका छन् । त्यसकारण एक पक्षीय रुपमा बनेको संरचना खारेज हुनुपर्ने र पार्टी सर्वोच्च अदालतले फर्काइदिएकै ठाउँमा हुनुपर्ने नेपाल पक्षको हडान रहँदै आएको छ ।
२७ वैशाख २०७८, सोमवार २२:०० बजे प्रकाशित













