गण्डकीका मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका छन् ।

आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । यसैबीच प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् ।

२६ वैशाख २०७८, आइतवार १७:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु