शंकर पोखरेलद्धारा मुख्यमन्त्रीबाट राजीनामा दिने तयारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । उनीविरुद्ध आज मात्रै अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।

विपक्षी गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरूले पुनस् अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

शंकर पोखरेलविरुद्ध पुन: अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख १९ गते विशेष अधिवेशन बोलाएर अन्त्य भइसकेको छ । पोखरेलविरुद्ध यसअघि पनि अविश्वास प्रस्ताव दर्ता दर्ता भएको थियो ।

तर, राजीनामा दिएर एमालेको एकल बहुमतको दावीसहित उनी पुनस् मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

विपक्षी गठबन्धनले भने आफूतिर बहुमत रहेको भन्दै मुख्यमन्त्रीको पुनर्नियुक्ति खारेज गर्नुपर्ने जिकिर गर्दै आएका छन् ।

२६ वैशाख २०७८, आइतवार १७:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु