देउवाको संदेश लिएर बालुवाटार पुगे महन्थ र राजेन्द्र

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि ठाकुर र महतो बालुवाटार पुगेको स्रोतले जानकारी दियो ।

आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनीहरुले भेट गरेका थिए ।

प्रधानमन्त्री ओलीले सोमबार संसद्मा विश्वासको मत लिँदै छन् । अहिले नेतारुको राजनीतिक भेटघाट तीव्र बनेको छ ।

एकाबिहानै देउवा भेट्न महन्थ र राजेन्द्र पुगे बूढानीलकण्ठ

देउवालाई भेट्न ठाकुर र महतो आइतबार विहान नौ बजे देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । उनीहरु डेढ घण्टा छलफल गरेर फर्किएको जसपाका एक नेताले बताए ।

ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिने पक्षमा थिए ।

जसपाकै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीको विकल्पमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने पक्षमा छन् ।

आगामी सरकारको नेतृत्वको विषयमा दुई धारमा विभाजित जसपाले कसको पक्षमा उभिने भनेर औपचारिक निर्णय गरिसकेको छैन ।

एकाबिहानै देउवा भेट्न महन्थ र राजेन्द्र पुगे बूढानीलकण्ठ

२६ वैशाख २०७८, आइतवार ११:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु