इश्वर पोखरेललाई प्रधानमन्त्रीको निर्देशन– बादलको चुनावी खर्चमा कुनै कमी नहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले राम बहादुर थापा बादललाई जसरी पनि जिताउने गरी भूमिका खेल्न नेताहरुलाई निर्देश गरेका छन् । प्रधानमन्त्री ओलीले एमालेका महासचिव समेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेललाई बादलको चुनावी खर्चम कुनै कमी नहुने गरी व्यवस्थपन गर्न पनि निर्देश्न दिएका छन् ।
राष्ट्रियसभा सदस्य बाग्मती प्रदेशको उपनिर्वाचनमा ‘बादल’को जितप्रति आशंका उत्पन्न भइरहेका बेला त्यो जित सुनिश्चत गर्न प्रधानमन्त्रीले निर्देश गरेको स्वमं नेता इश्वर पोखरलले बताएका छन् ।
महासचिव ईश्वर पोखरेलले शनिबार दिउँसो सिंहदरबारमा बाग्मती प्रदेशलाई प्रतिनिधित्व गर्ने बादलसहित प्रभावशाली नेताहरुलाई बोलाएर छलफल गरेका थिए । छलफलमा महासचिव पोखरेले प्रधानमन्त्रीको निर्देशन नेताहरुलाई सुनाएका हुन् ।
बादलको प्रतिश्पर्धीको रुपमा काँग्रेस, माओवादी र जसपाले डा. खिमलाल देवकोटालाई उठाएको छ।
स्रोतका अनुसार छलफलमा बादल आफै, एमाले बाग्मती इन्चार्ज आनन्द पोखेरल, शेरबहादुर तामाङ र कृष्ण गोपाल श्रेष्ठलगायत अरु नेताहरु सामेल थिए।
माधवकुमार नेपाल पक्षसहित एमालेको मतभार ५१ सय र सबै प्रतिपक्षी पक्ष मिलाउँदा ३४ सय आउने आंकलन गरिएको छ।
तर नेपाल पक्षले त्यसमा कस्तो भूमिका खेल्छन् त्यसमा यो सबै निर्भर हुने छ। नेपाल समूहले यति ठूलो नोक्सान नगर्ने उनीहरुको बुझाई छ। बैठकको निष्कर्ष सुनाउँदै एक नेताले भने, बादललाई जसरी पनि जिताइन्छ, जितेरै छोड्छन् ।’
एमाले नेताहरुको निष्कर्षः बादललाई जसरी पनि जिताइन्छ, जितेरै छोड्छन्
२५ वैशाख २०७८, शनिवार १८:४८ बजे प्रकाशित





