बढ्यो सुनचाँदीको मूल्य

तोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सुन प्रतितोलामा ११ सय रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बिहीबार सुनको मूल्य तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसै गरी चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ बढेसँगै १३ सय ५० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

२४ वैशाख २०७८, शुक्रवार १२:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु