गायिका बरालको नयाँ गीत ‘खानदानी छोरी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत खानदानी छोरी सार्वजनिक भएको छ । गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्‍याप रहेको छ ।

राजेन्द्र भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङग विकले लेखेका हुन् । गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन् ।

प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् भने मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन् ।

चोभारमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ ।

म्युजिक भिडियोमा र्‍यापर भट्टको अभिनय पनि देख्न पाइनेछ । इक्षिता, बिक्षिताको यो डेब्यु म्युजिक भिडियो हो । भिडियोलाई सान थापाले निर्देशन गरेका छन् ।

 

२४ वैशाख २०७८, शुक्रवार १३:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु