चिनियाँ कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोप विश्वास योग्य नभएको डब्लूएचओको भनाई
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोप विश्वास योग्य नभएको बताएको छ ।
चिनियाँ कम्पनीहरुले उत्पादन गरेका खोपहरु परीक्षणपछि डब्लूएचओका विज्ञले यसमा विश्वास गर्न सकिने पर्याप्त आधारहरु नभएको टिप्पणी गरेका हुन् ।
डब्लूएचओका विज्ञहरुले खोपको प्रभावकारिता अध्ययनपछि तयार गरेको प्रतिवेदनका अनुसार खोपले केही हदसम्म कोरोनाविरुद्ध लड्नसक्ने भए पनि यसले गम्भीर साइड इफेक्टहरु पार्नसक्नेतर्फ संकेत गरिएको बताए ।
डब्लूएचओका अनुसार सिनोफार्मले उपलब्ध गराएको परीक्षणका नतिजाहरुको अध्ययन सकिएको र चाँडै उक्त प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिएका छन् ।
बेइजिंगस्थित सिनोफार्मले भने आधिकारिक प्रतिवेदन सार्वजनिक भएपछि मात्रै प्रतिक्रिया दिने जनाएको छ ।
सिनोफार्म खोपको प्रभावकारिता मूल्यांकन डब्लूएचओको विज्ञहरुको रणनीतिक सल्लाहकार समूहले गरेको हो ।
यसका लागि सिनोफार्मले उपलब्ध गराएको परीक्षण नतिजाहरु, ४५ राष्ट्रहरुले आपतकालिन प्रयोगको अनुमति दिँदा गरेका अध्ययन प्रतिवेदनहरु र मानिसहरुको यसले पारेको प्रभावका विषयमा अध्ययन गरिएको छ ।
हालसम्म ६५ मिलियन सिनोफार्म खोप लगाइसकिएको पाइएको छ । कोरोनाविरुद्धको यो खोप लगाइसकेपछि केहीको मृत्यु भएको र केहीलाई पुनः कोरोना देखिएपछि विश्वमा चिनियाँ खोपमाथि प्रश्न उठेको थियो ।
कोरोनाविरुद्धको चिनियाँ खोप सिनाफार्म लगाएका पाकिस्तानी प्रधानमन्त्रीलाई नै कोरोना भएपछि यो विश्व बहसको विषय बनेको हो । तर, चीनले भने यस खोपमा कुनै साइड इफेक्टहरु नभएको र मृत्यु हुनुको कारण खोप नै भएको भन्ने यकिन भइ नसकेको जानकारी गराएको छ ।
२३ वैशाख २०७८, बिहीवार १६:५८ बजे प्रकाशित





