माओवादीद्वारा सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता

माओवादीले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ ।
महासचिव भरतराज गौतमलाई कोरोना पोजेटिभ भएकाले सचीव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाइएको छ ।
समर्थन फिर्ताको पत्र बुझाएपछी माओबादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पत्रकारहरुसङ्ग भने, “प्रधानमन्त्रीले संविधान बिपरित कदमहरु चाल्दै गैरहनुभएको छ ।
उहाकै सरकार निरन्तर रहिरहदा रास्तृयता, लोकतन्त्र र जनजीविकाका सबै मुद्दाहरुमा गम्भीर खतरा पैदा भएर कालान्तरमा राष्ट्रिय स्वाधीनताकै मुद्दा गम्भीर खतरामा पर्न सक्ने भएकाले आजैका मितिदेखि लागू हुने गरि समर्थन फिर्ता लिएका छौं ।”
प्रमुख सचेतक गुरुङले रेगुलर अधिवेशन बोलाउनु पर्नेमा बिश्वासको मत मात्रै लिने गरि बिशेश अधिवेशन बोलाउनु पनि त्रुटिपूर्ण रहेको बताए ।
प्रधानमन्त्रीले बिश्वासको मत मात्रै लिने गरि अधिवेशन बोलाउनु पनि संविधान बिपरित रहेको बताए । यस्तै, रेगुलर अधिवेशन बोलाएर बिधेयक ल्याउन सकिनेमा सरकारले त्यसो नगरी विभिन्न ७ वटा अध्यादेश ल्याएको भन्दै बिरोध गरे ।


२२ वैशाख २०७८, बुधवार १२:१६ बजे प्रकाशित