प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्दै प्रस्ताव असफल पार्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने यसअघि नै बताइसकेका छन् । जसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले २७ गते दिउँसो १ बजे संसद् बोलाएकी छन् ।

त्यस्तै कांग्रेस बैठकले राष्ट्रपति भण्डारीले मंगलबार जारी अध्यादेशअनुरुप हुने संवैधानिक निकायहरुको नियुक्तिको विरोध गर्ने पनि निर्णय गरेको छ ।

भदौ पहिलो हप्ता तोकिएको पार्टी महाधिवेशनको तयारीलाई पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता दिने निर्णय पनि भएको छ ।

२१ वैशाख २०७८, मंगलवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु