कतार सरकारद्वारा १४ जना नेपालीलाई आममाफी दिने घोषणा

विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको छ ।

रमादान पर्वको अवसरमा कतार सरकारले उक्त निर्णय गरेको दोहास्थित नेपाली नियोगद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

कोरोना संक्रमणलाई समेत मध्यनजर गरी नेपाली कैदीबन्दीको रिहाइका लागि सरकारले कतार सरकारलाई आग्रह गरेको थियो ।

आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकाहरुसँग दूतावासले समन्वय गर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

२१ वैशाख २०७८, मंगलवार १७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु